दशैँमा ग्यास्ट्रिक रोगीले के खाने के नखाने ?

दशैँमा ग्यास्ट्रिक रोगीले के खाने के नखाने ?

सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने ग्याष्ट्रिक एउटा लक्षण हो । पेटमा भरिने ग्यास कारण पेट दुख्ने, पेट पोल्ने, छाति पोल्ने, स्वर भासिने, कसै कसैको दाँत दुख्ने जस्ता समस्या नै ग्याष्ट्रिक रहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा। रविन शर्माले जानकारी दिए ।

ग्याष्ट्रिक हुने कारण ग्यास्ट्रिक कसै कसैमा मुटुको औषधि र पेनकिलरहरु बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ । चुरोट खाने मान्छेमा पनि ग्याष्ट्रिक हुन्छ । धेरै चिल्लो, पिरो अमिलोे, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ।

तनावका कारण पनि ग्याष्ट्रिके हुन्छ । ग्याष्ट्रिकका लक्षणहरू पेट फुलेको जस्तो लाग्ने, पेट दुख्ने, छाती र घाँटीमा पोल्न, दुख्ने, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु पनि लक्षणहरु हुन् ।

ग्यास्ट्रिक साधारणतया सबैमा हुने समस्या हो । अधिकांस मानिसमा जोखिम हुँदैन । तर कहिले काहीँ यसको समयमा उपचार भएन वा ठूलो रुप लियो भने कुनै पनि अवस्थामा यसको असर पर्न सक्छ । जस्तो अल्सर हुने सक्छ यदि अल्सर फुट्यो भने कसै कसैमा रगत बग्ने, ब्लड प्रेसर लो हुने, दिशा कालो हुने हुन्छ । त्यहि अल्सर लामो समय सम्म उपचार भएन र ब्याक्टेरीयाहरु लामो समयसम्म पेटमा भयो भने पेटको क्यान्सर पनि हुने सम्भावना हुन्छ ।

उपचारमा धेरै बिरामीलाई साधारण किसिमको उपचार नै भए हुन्छ । कम पावरको औषधि एच टु ब्लकर भन्ने औषधिबाट नै सुरु हुन्छ । यदि त्यसले भ्याएन भने पिपि आइ भन्ने औषधि दिइन्छ ।

 दशैंमा ग्यास्ट्रिक हुनेले कति खाने रुके खाने रु कसरी खाने दशैं आयो भन्दैमा जथाभावी चिल्लो, पिरो, अमिलो, मसलादार खाना नखाने । यदी खानै परेमा कम खाने । सकेसम्म मद्यपान, धुमपान नगर्ने । आफ्नो शरीरलाई नपच्ने खाना नखाने तथा ग्यास्ट्रिक समस्या हुनेले थोरै थोरै खाने तर खाइ रहने गर्नुपर्छ ।