कैलालीको कान्द्रा नदीमा डुबेर एक वालिकाको मृत्यु

कैलालीको कान्द्रा नदीमा डुबेर एक वालिकाको मृत्यु

कान्द्रा नदीमा डुबेर एक वालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षिया अस्मिता ढुङ्गेल र ९ वर्षिया अर्चना विष्ट नदीमा नुहाउने क्रममा डुबेका थिए ।

घरबाट गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर अस्मिता ढुङ्गेलको ज्यान गएको हो । त्यस्तै अर्चना विष्ट अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको बताइएको छ ।