अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनअघि नै मतदान गरेका छन् ।

३ नोभेम्बरमा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी र्‍यालीमा जानुअघि राष्ट्रपति ट्रम्पले फ्लोरिडामा मतदान गरेका हुन् । उनले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थथि भएका थिए र उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै ‘थप चार वर्ष’ का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

कोरोना महामारीका कारण निर्वाचनअघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् ।

राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी र्‍यालीमा सरिक हुँदै आएका छन् ।

उनले पत्रकारसँग कुराकानी गर्दै भने, “जब तपाईंले मतपेटिकामा मतदान गर्नुहुन्छ, त्यो निकै सुरक्षित र भरपर्दो हुन्छ ।”