कैलालीको जानकी गाउपालिका का २ किशोरीमाथि सामूहिक बलात्कार, संलग्न ८ जना पक्राउ

कैलालीको जानकी गाउपालिका का २ किशोरीमाथि सामूहिक बलात्कार, संलग्न  ८ जना पक्राउ

धनगढी ।  कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको दिनेश खबरलाई बताए ।

सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको उनले बताए तर केही फरार रहेकाले अहिले नै सबै विवरण खुलाउन नमिल्ने उनले बताए ।फरार रहेकाहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ ।