प्रधानमन्त्री निवासमा टीका कार्यक्रम नहुने

प्रधानमन्त्री निवासमा टीका कार्यक्रम नहुने

कोरोना संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादसैंको सार्वजनिक टीका कार्यक्रम’ यसवर्ष नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले निवासमा टीका कार्यक्रम नराख्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्रीले यसपालिको बडादसैं हामी जो जहाँ छौं, त्यहीँ रहेर मनाउन  पनि  सबैसँग आग्रह गरेका छन्।

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा  यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन्।  

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन  उनले सबैमा आग्रह गरेका छन्।