गएराति रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, पहिचान खुलेन

गएराति रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, पहिचान खुलेन

धनगढी ।  धनगढीमा रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गएराति धनगढी–अत्तरिया सडकको बोराडाँडी खण्डमा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लालबहादुर रोकायाले बताए ।मृतकका आफन्तको खोजी कार्य हुँदैछ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।