हाँस्य कलाकार गजुरेललाई कोरोना संक्रमण

हाँस्य कलाकार गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत् उनले सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन्।

गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले आइतबार पिसीआर परीक्षण गराउँदा सोमबार नतिजा पोजेटिभ आएको जनाएका छन्। उनले दाजु र आफूलाई पोजेटिभ देखिएकाले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा रहेको पनि उल्लेख गरेका छन्।

संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ,’ उनले भनेका छन्।

उनले आफ्नो शरीरमा प्रवेश गरेको यो भाईरस शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो नभएको उल्लेख गर्दै सबैको शुभकामनाले शरीरको जीत र भाईरसको हार झन् चाँडो हुने बताएका छन्