विश्वमा तीन करोड २१ लाखभन्दा बढी कोरोनामुक्त

विश्वमा तीन करोड २१ लाखभन्दा बढी कोरोनामुक्त

काठमाडौं । विश्वमा हालसम्म तीन करोड २१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।

मंगलबार बिहानसम्ममा तीन करोड २१ लाख ६२ हजार ७५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । विश्वमा हालसम्म चार करोड ३७ लाख ६८ हजार ६० जना कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ११ लाख ६४ हजार दुई सय २७ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८९ लाख ६० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित बनेका छन् ।

यहाँ हाल २९ लाख ६ हजार ६ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजार ३७ जना पुगेको छ ।  भारतमा हालसम्म ७९ लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ७१ लाख ९८ हाजरभन्दा बढी निको भइसकेका छन् ।

यहाँ हाल ६ लाख २७ हजार ६ सय ३८ जना सक्रिय संक्रमित छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १९ हजार पाँच सय ३५ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार आठ सय ३० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय ९३ रहेको छ । संक्रमितमध्ये नेपालमा एक लाख १५ हजार ६ सय ७५ जना निको भइसकेका छन् भने आठ सय ६२ जनाको मृत्यु भइसकेको छ ।