दुई सांसदले घर भाडा वापतको रकम फिर्ता गर्ने

दुई सांसदले घर भाडा वापतको रकम फिर्ता गर्ने

धनगढी : धनगढीमा घर भएर पनि घरभाडाको रकम लिने गरेको बिषयमा आलोचना हुन थालेपछि प्रदेशका दुई जना सांसदले आफुहरुले घर भाडा फिर्ता गर्ने बताए ।

खातामा एकमुष्ट पैंसा आएकोले के बाफतको पैंसा हो भन्ने थाहा नपाएका कारण घरभाडा समेत आफ्नो खातामा जम्मा भएको हुन सक्नेउनले बताए ।

आज अपरान्ह पत्रकार सम्मेलन गर्दै प्रदेश सांस्द तथा नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैका र संसदीय दलका प्रवक्ता डिललीराज पन्तले घरभाडा बाफतको रकम फिर्ता गर्ने बताए ।

प्रदेश सभाको ठीक अगाडिपट्टि घर भएका सांसद पन्तले फर्निचर, घर मर्मत तथा रंग रोगन का लागि पनि पैसा दिने निर्णय भएकोले त्यही पैंसा आएको होला भन्ने ठानेर आफुले वास्ता नगरेको उनकाे भनाइ छ । 

यस्तै कांग्रेसको संसदीय दलका सचेतक टेकबहादुर रैकाले पनि आफुले आएको पैंसाको बारेमा जानकारी नपाएकोले बुझेर घरभाडा बाफतबो पैंसा फिर्ता गर्ने बताए । 

प्रदेश राजधानीमा घर नभएका सांसदलाई घरभाडा दिने प्रावधान रहे पनि धनगढी र अत्तरीयामा घर भएका ११ सांसदले आफ्नै घरमा बसेको भाडा प्रदेश सभा सचिवालयबाट बुझ्दै आएका छन ।

त्यसमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेसका पाच पाच तथा राष्ट्रिय जनता पार्टीका एक जना सांसद छन । धनगढी उपमहानगरपालिका भित्रै पर्ने फुलवारीमा घर भएका नेकपाका सांसद तथा प्रदेश सभाको प्रदेश मामिला तथा बिधायन समितिका सभापति नेपालु चौधरी र सांसद सुशिला बुढाथोकी, शिवनगरमा घर भएका पूर्व मन्त्री दिर्घ बहादुर सोडारी, अत्तरीयामा घर भएकी चुन कुमारी चौधरी आफ्नै घरमा बस्दै आएपनि प्रदेश सभा सचिवालयबाट घर भाडा वापत मासिक रुपमा १७ हजार रुपैया बुझ्दै आएका छन ।

कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचन वीरमान चौधरीको समेत धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा घर छ । उनले समेत घरभाडा बाफतको रकम बुझ्नु भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यस्तै राजपा सासंद मालामति रानाको समेत धनगढी उपमहानगरपालिकाको वढा नम्बर ८ मा घर छ । उनले पनि घरभडा बुझ्दै अाएका छन ।