बिहेबाट फर्किएका बिकको गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि !

बिहेबाट फर्किएका बिकको गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि !

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

आफन्तको बिहेमा गएका बिकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर छुट्याइदिएका छन् । दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको छ । घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य तिब्र पारेको प्रहरीले बताएको छ । -राजधानी डेलिबाट