‘होम भिजिट’ का लागि रवि ओड आज धनगढी आउदै, प्रदेश सरकारले सम्मान गर्ने

‘होम भिजिट’ का लागि रवि ओड आज धनगढी आउदै, प्रदेश सरकारले सम्मान गर्ने

धनगढी : नेपाल आइडल सिजन २ को उपाधि जितेपछि पहिलो पटक रवि ओड गृह प्रदेश जाने आउने भएका छन । 

उनी आज विहान धनगढी आउदै छन । विहान ८ बजेको फ्लाईटमा धनगढी आउने रविलाई विमानस्थलमा समर्थकले भव्य स्वागत गर्ने तयारी गरेका छन । 

त्यस्तै, विहान साढे १० बजे सुदूरपश्चिम प्रदेश सरकारले रविलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम  छ । 
उनी तिन दिन सुदूरपश्चिममा रहने छन । तिन दिनसम्म आफुलाई भोट दिएर जिताउने समर्थकको बधाई तथा सम्मानमा व्यस्त हुनेछन रवि । 

गत शुक्रबार सम्पन्न नेपाल आइडलको ‘ग्रान्ड फिनाले’मा रवि अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए ।