कोरोना भाइरसको महामारीले अबका केही महिना निकै कठिन हुने : डब्ल्यूएचओ

कोरोना भाइरसको महामारीले अबका केही महिना निकै कठिन  हुने  : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले कोरोना भाइरसको महामारीले अबका केही महिना निकै कठिन  हुने  जनाएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले  अबका केही  महिना  झनै कठिन हुने भन्दै कोरोना भाइरस विरुद्धको लडाइँ  जारी राख्न आग्रह गर्नुभएको छ ।उँहाले भन्नुभएको छ कोरोना भाईरस बिरुद्धकोलडाई  लडिरहेका  देशहरूले रोकथाम र नियन्त्रणका लागि  छोड्न नसक्ने र छोड्न पनि  नहुने  बताउनु भएको छ । 

अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन गर्न आबश्यक नभएको   डब्ल्युएचओले जनाएको छ । 

कोरोनाभाइरसविरुद्धको लडाइँमा हतास नहुन र हार नखान पनि डब्ल्युएचओले सबै राष्ट्रलाई आब्हान गरेको छ । डब्ल्यूएचओले उत्तरी गोलार्द्धमा रहेका राष्ट्रहरु  ‘कठिन अवस्थामा’ रहेको भन्दै महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेने जनाउनु भएको छ ।