सेती अस्पताल प्रयोगशालामा नमूना संकलन नभएपछि परीक्षण रोकियो

सेती अस्पताल प्रयोगशालामा नमूना संकलन नभएपछि परीक्षण रोकियो

 सेती प्रादेशिक अस्पतालमा दशैँका बेला समेत कोरोना परीक्षण गर्ने भनिएपनि नमूना नै संकलन नभएपछि परीक्षण रोकिएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा नमूना नहुदा कोरोना परीक्षण रोकिएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार र मंगलबार परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले  जानकारी दिए । उनले नमूना संकलन हुन नसकेका कारण सोमबार र मंगलबार परीक्षण हुन नसकेको बताए ।
 
परीक्षण गर्न कम्तीमा पनि १ सय वटा नमूना चाहिन्छ ।’ श्रेष्ठले भने, ‘आइतबार ५० र सोमबार ५÷७ मात्रै संकलन भएछ । मंगलबार नमूना संकलन भएका छन् । अब बुधबार नतिजा आउँछ ।’