विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ६४ हजार नाघ्यो

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ६४ हजार नाघ्यो

विश्वभर कोरोनाको नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ३७ लाख नाघेको छ भने ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ३७ लाख ७४ जार ९१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमणबाट विश्वभर ११ लाख ६४ हजार ४९९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ११ लाख ७८ हजार ७४७ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३१ हजार ४५ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८९ लाख ६२ हजार ७८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९ हजार ८४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५२९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५०५ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ३६ हजार ८३८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५४ लाख ११ हजार ५५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २८८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ४५१ पुगेको छ ।