बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सहायक प्रमुख जिल्ला दीर्घराज उपाध्यायका अनुसार स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोभिड(१९ पोजिटिभ देखिएको हो ।

कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य अवस्था भने सामान्य रहेको उपाध्यायले बताए ।