इन्डियन प्रिमियुर लीग आईपीएल को यस वर्षको संस्करणमा चेन्नई सुपर किंग्स प्रतियोगिताबाट बाहिरिइसकेको छ । बाँकी रहेका अन्य सात टीममध्ये कसको प्लेअफमा पुग्ने चान्स छ त ?
कुनै पनि टोलीले पाउने अधिकतम संख्या २० हो । तीनवटा टीम मात्र यस अंकसम्म पुग्न सक्छन् : मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरु ।
यीमध्ये एक टीमले २० अंक हासिल गरेमा अन्य दुईले गर्न सक्दैनन् ।
यी टीमबाहेक अन्य कुनै पनि टीम १६ अंकसम्म पनि पुग्न सक्दैनन् । त्यति पुग्न सक्ने पनि कोलकाता नाइट राइडर्स र किंग्स ११ पञ्जाब मात्र हुन् ।
राजस्थान रोयल्स माथि जाने हो भने बाँकीका दुवै खेल जित्नुपर्नेछ । तर उनीहरूले दुवै खेल जितेछन् भने पनि चौथो स्थानका लागि बराबरी हुने ३ प्रतिशत मात्र चान्स छ ।
सनराइजर्स हैदराबाद पनि माथि पुग्ने चान्स एकदमै कम छ । उनीहरूले बाँकी तीनैवटा खेल जित्नुपर्नेछ । त्यसो गर्न सफल भएछन् भने पनि चौथो स्थानमा टाई हुने ७ प्रतिशत मात्र चान्स छ ।
मुम्बई, दिल्ली र बेंगलुरुले क्वालिफाई गर्नका लागि ९५ प्रतिशत चान्स छ ।
चौथो स्थानमा शायद कोलकाता वा पञ्जाब हुनेछ ।