कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

 कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको लु ६० प ७१४० र विपरीत दिशाबाट गइरहेको म १ प ९६२१ नम्बरको मोटरसाइकल शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा जंगलमा एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।  मुत्यु हुनेका  म १ प ९६२१ नम्बरका मोटरसाइकल चालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्नेत ४२ वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो।

गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै अर्का मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन् । घाइते जोशीलाई उपचारका लागि महाकाली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।