कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुर प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुर प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द

धनगढी । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।

अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। 

तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी कायम गरी खुला रहेको सूचनामा उल्लेख गरिएको छ।