दशैँमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु गर्ने तयारी

दशैँमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु गर्ने तयारी

धनगढीः विजयादशमीमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । दशैँका दुई दिन प्रयोगशाला नै बन्द गरेका कैलाली लगाएत सुदूरपश्चिमका अस्पतालहरुले बुधबारदेखि परीक्षण थाल्ने भएका हुन् ।

दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने व्यवस्था मिलाएको सेती प्रादेशिक अस्पतालमा पनि नमूना संकलन नहुँदा सोमबार र मंगलबार परीक्षण हुन नसके पनि बुधबारदेखि पुनः सुरु गर्ने तयारी भईरहेको छ । 

नमूना संकलन शून्यमा नझरेको भएपनि प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम संख्या समेत नपुगेपछि रोकिएको परीक्षण बुधबारदेखि फेरी सुरु गर्ने भएको हो । 

आशिंक रुपमा परीक्षण बन्द गरेका पहाडी जिल्लाका अस्पतालले समेत बुधबारदेखि मात्र प्रयोगशाला सञ्चालन गर्ने भएका छन् । त्यस्तै, सुदूरपश्चिमका अन्य जिललाका विभिन्न प्रयोगशालामा पनि दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने व्यवस्था गरीरहेको जनाइएको छ ।