२ लाख २३ हजार नगद सहित कैलालीमा ५ जुवाडे पक्राउ

२ लाख २३ हजार नगद सहित कैलालीमा ५ जुवाडे पक्राउ

धनगढीः २ लाख २३ हजार नगद सहित कैलालीमा ५ जुवाडे पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरिएको स्रोतले जनाएको छ । उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाएपनि कैलाली प्रहरीले अझै विवरण सार्वजनिक गरेको छैन् ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नगद सहित जुवाडे पक्राउ गरिएको पुष्टि गरे तर विवरण केहीबेरमा सार्वजनिक गरिने उनले बताए ।