मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको अझै पहिचान खुलेन

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको अझै पहिचान खुलेन

धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको अझै पहिचान खुल्न सकेको छैन् ।

दशैँको दिन कात्तिक १० गते रातीको समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाडी स्थित ६ लेन सडकमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले उनको शव सेती प्रादेशिक अस्पतालमा सुरक्षित राखिएकाले परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ । मंगलबार मृतकको फोटो सार्वजनिक गर्दै प्रहरीले निजलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन अनुरोध पनि गरेको छ ।

प्रहरीका अनुसार मृतक युवक  गँहु गोरो वर्ण, ५ फिट ७  ईन्च उचाइ, पातलो शरिर, लामो कपाल पालेका छन् भने हातमा चाँदीको वाला जस्तो लगाएको तल्लो शरिरिमा निलो रातो ट्राउजर र माथिल्लो शरिरमा खरानी रंगको हुक, खैरो जुत्ता लगाएका छन् ।

आफैले चलाएको से. १ प. ८७६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई ठोक्किदा गम्भीर घाइते भएको अवस्थामा भेटिएका युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।