कञ्चनपुरमा एक जना पुरुष मृत फेला

कञ्चनपुरमा एक जना पुरुष मृत फेला

धनगढीः कञ्चनपुरमा एक जना पुरुष मृत फेला परेका छन् ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा  सोही ठाउँका अन्दाजी ४५ वर्षीय भीमु खुना झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।