कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ

दैलेख- नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भविन्द्र शाहीको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भविन्द्रलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट टोलीले अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।