कालिकोटमा आगलागी, ३० घर जलेर नष्ट

कालिकोटमा आगलागी, ३० घर जलेर नष्ट

कालिकोट : जिल्लाको पलाता गाउपालिका १ खाडा गाउँमा आइतवार राति आगलागी हुदा तीस घर जलेर नष्ट भएका छन्। आगलागी रातिको समयमा भएका कारण क्षतिको एकिन विवरण आउन नसकेको गाउपालिका अध्यक्ष लक्ष्मण बमले बताए।

३० घर जलेर नष्ट भयको जानकारी पाएको छु। उनले भने घटना राति समयमा भयका कारण क्षतिको विवरण आउन सकेको छैन। आगलागी भएको गाउँ निकै टाढा भएकाले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ।