क्रोम ओएसमा चाँडैनै डार्क मोड उपलब्ध हुन सक्ने

क्रोम ओएसमा चाँडैनै डार्क मोड उपलब्ध हुन सक्ने

क्रोम ओएसमा छिट्टै डार्क मोडको फिचर उपलब्ध हुन सक्ने भएको छ । हाल भने प्रयोगकर्ताहरुले डार्क मोड प्रयोग गर्नुपरेमा क्यानेरी च्यानल इन्स्टल गर्नुपर्ने हुन्छ । 

यति गरेपछि क्रोम खोलेर प्रयोगकर्ताले  chrome://flags/#enable-force-dark  टाइप गर्नुपर्ने हुन्छ । अहिलेको लागी एन्ड्रोइड सेन्ट्रलका अनुसार यो फिचरमा भने अहिले बग पनि हुन सक्छ । यो भने यूआईमा चल्ने फिचर हो । 

गूगलले जीमेल, गूगल क्यालेण्डर, गूगल फीट र मोबाइल एपमा पहिलेनै डार्क मोड दिइसकेको छ । आइओएस र एनड्रोइड दुवैले सिस्टमकै तहमा डार्क मोड ल्याएका छन् । क्रोम ओएसमा डार्क मोड कहिले ल्याउने भन्ने कुरामा अहिले पनि अन्योल देखिएको छ ।