संसारकै सबैभन्दा महङ्गो गितार !

संसारकै सबैभन्दा महङ्गो गितार !

अमेरिकी गायक कर्ट कोबेनको नाम त तपाईले सुन्नु भएकै होला । २७ वर्षको उमेरमा आत्महत्या गरेका उनले आफ्नो मृत्यु भन्दा ५ महिना अगाडि १८ नोभेम्बर सन् १९९३ मा एमटिभीको लाइभ प्रोग्रममा पर्फोमेन्स दिएका थिए ।

उनको उक्त भिडियो अहिले पनि युट्युबमा देख्न सकिन्छ । यो भिडियो अहिलेसम्म ३० करोड भन्दा धेरैले हेरीसकेका छन् । त्यति मात्रै होइन, उनको उक्त भिडियोले सन् १९९६ मा ग्रेमी अवार्ड समेत पाएको थियो । तर त्यो बेला कोबेन यो संसारमा थिएनन् ।

अहिले उनको बारेमा एउटा खबर सार्वजनिक भएको छ । उक्त कार्यक्रममा उनले प्रयोग गरेको गितारको मूल्य ६० लाख पाउण्डमा लिलामी भएको छ ।

उक्त मार्टिन डी १८ ई अकूस्टिक गितारको लिालामी १० लाख डलरबाट शुरु भएको थियो । अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पीटर फ्रीडम्यानले अन्तिममा यसलाई किनेका छन् ।

यो अहिले संसारकै सबैभन्दा महंगो गितार भएको बताइएको छ ।