गोदावरी नगरपालिका का कर्मचारीमा कोरोना देखिएपछि ३ दिनको लागी सेवा बन्द गरिएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै शुक्रबार सम्मका लागि बन्द गरेको जनाएको छ ।
तर अत्यावश्यक सेवा अन्तरगत स्वास्थ्य सेवा, फोहरमैला व्यवस्थापन र दमकल सेवा भने सुचारु रहने सुचनामा उल्लेख गरिएको छ ।
गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले नगरपालिकामा काम गर्ने २ जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी गरे ।