सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ४ सहित थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ९७ नमुनाहरुको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १/१ जना र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथचन्द नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको बताए ।