एयरपोर्टमा महिला यात्रुको कपडा खोलिदिएकोमा कतारले माफी माग्यो

एयरपोर्टमा महिला यात्रुको कपडा खोलिदिएकोमा कतारले माफी माग्यो

कतारले आफ्नो अन्तर्राष्ट्रिय एयरपोर्टमा महिला यात्रीहरूमाथि आपत्तिजनक शैलीमा शरीर जाँच गरेको मामिलामा माफी मागेको छ।

यो घटना २ अक्टोबरको हो। दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोरको डब्बामा भेटिएकी थिइन्। त्यसपछि बच्च जन्माएको खोजीनीति गर्न एयरपोर्ट रहेका कयौँ महिलाहरुको कपडा खोलेर जाँच गरिएको थियो।

पीडितहरुले कम्तीमा पनि १० वटा उडानका महिलाहरुले कपडा खोलेर आफ्नो शरीर सुरक्षाकर्मीलाई देखाउनु परेको थियो।  ती महिलालाई एक एम्बुलेन्समा लगेर जाँचअघि तल्लो भित्री वस्त्र फुकाल्न बाध्य पारिएको थियो। 

अस्ट्रेलिया सरकारका अनुसार यसरी कपडा खोलेर शरीर जाँच गरिएका विदेश महिलामध्येमा १८ जना आफ्नो देशका नागरिक थिए। 

अस्ट्रेलियन मिडियाका अनुसार दोहाबाट सिड्नी गइरहेको एउटा जहाजका सबै महिलालाई उतारेर कपडा खोली जाँच गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार कयौँ महिला तनावमा देखिन्थे। अस्ट्रेलिया सरकारले उनीहरुको स्वास्थ्य र मनोबल बिग्रिन नदिन सहयोग नै गर्नुपरेको थियो। 

कतार सरकार वेबसाइटमा एक विज्ञप्ति प्रकाशित गर्दै यी महिला यात्रुलाई भएको हैरानीप्रति माफी मागिएको छ। कतार सरकारका अनुसार एक नवजात शिशु प्लास्टिकको झोलामा हालेर फोहोरको डस्टबिनमा पुरिएको अवस्थामा भेटिएकी थिइन्। उनका माता(पितालाई तत्कालै खोज्न थालियो। नवजात शिशु जहाँ भेटिएकी थिइन्, उसको आसपासका जहाजमा पनि खोजी गरिएको होु, कतार सरकारले भनेको छ।

कतार सरकारले यो भयानक अपराधमा संलग्नलाई खोजी गर्ने क्रममा महिला यात्रुमाथि भएको अफ्ठेरोका लागि माफी मागेको हो। तत्कालै खानतलासी लिने निर्णय यस भयानक अपराधका दोषीलाई भाग्नबाट रोक्न गरिएको होु, विज्ञप्तिमा भनिएको छ, कतार यस कारवाहीका क्रममा कुनै यात्रुको निजी स्वतन्त्रता हनन भएकोमा खेद व्यक्त गर्दछ।

कतार सरकारले ती शिशु अहिले स्वस्थ र सुरक्षित रहेको जानकारी दिएको छ।

अस्ट्रेलियाको आपत्ति

आपत्तिजनक जाँचको मामिला तब सार्वजनिक भयो जब ती १८ यात्रुले अस्ट्रेलिया सरकारसँग सम्पर्क गरे। अस्ट्रेलियाकी विदेश मन्त्री मोरिस पायनले बुधवार बताए अनुसार जम्मा १८ महिला यात्रुलाई लुगा खोल्न लगाएर जाँच गरिएको थियो।

अस्ट्रेलियन विदेश मन्त्रालयले कतारी अधिकारीबाट अन्य जानकारी नमिलेसमम यौन उत्पीडन भन्न अस्वीकार गरेको छ। तर अस्ट्रेलियामा विपक्षी नेता यसलाई यौन उत्पीडन भनिरहेका छन्। अस्ट्रेलियाले मामिला जाँच गर्न संघीय पुलिसलाई जिम्मा दिएको छ।