बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ

बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ

बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । आज विहान १ वजेतिर जपृथ्वी नगरपालीका वडा ४ गोलाईवाट पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा न ४ का वडाध्यक्ष गगन खाती, दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय रहेका छन ।

यस्तै रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले बताए ।

प्रहरी प्रमुख खड्काका अनुसार उनिहरुको साथवाट ७० हजार ७ सय ३० रुँपया सहित विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको बुझिएको छ ।