डोटीमा खुल्ला मैत्री क्रिकेट प्रतियोगिता सुरु

डोटीमा खुल्ला मैत्री क्रिकेट प्रतियोगिता सुरु

डोटीमा खुल्ला मैत्री क्रिकेट प्रतियोगिता सुरु भएको छ । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ११ बारपाटामा रहेको शिद्धबाबा रोयल क्लबले प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र उपलब्ध गराईने आयोजकहरुले जानकारी दिएको छ ।क्रिकेट प्रतियोगिताको शिखर नगरपालिकाका नगर उप–प्रमुख धौलीदेबी रावलले उद्धघाटन गरिन ।

शिद्ध बाबा रोयल क्लबका अध्यक्ष अमरबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि शिखर नगरपालिका उप–प्रमुख धोलिदेबि रावल रहेकी थिईन । कार्यक्रममा बिशिष्ट अतीथी वडा सदस्य सान्त बहादुर रोकाया र आमन्त्रित कार्यपालिका सदस्य गणेश बिक रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य दिपक बलायरले गरेका थिए भने भने संचालन कैलास बलायरले गरेका थिए ।