नेकपा को केन्द्रीय समितिको बैठक एक महिना पर सर्यो

नेकपा को केन्द्रीय समितिको बैठक एक महिना पर सर्यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय समितिको बैठक एक महिना पर सरेको छ।

नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।