विवाहमा नेहाले गाइन् पति रोहनप्रीतका लागि यस्तो रोमान्टिक गीत

विवाहमा नेहाले गाइन् पति रोहनप्रीतका लागि यस्तो रोमान्टिक गीत

बलिउडकी चर्चित गायिका नेहा कक्कडले पञ्जावी गायक रोहनप्रित सिंहसँग विबाह गरेकी छिन् । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहाले रोहनप्रित सिंहसँगको प्रेम सम्बन्धपछि विवाहमा परिणत गरेकी हुन् । 

भारतिय मिडियाका अनुसार उनीहरुको २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा धुमधामले विवाह भएको हो ।

विवाहपछि अहिले नेहाको विवाहको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहको दिन दुवैले रोमान्टिक गीत पनि गाएका थिए ।
नेहाले विवाहमा मिलिंद गाबाको गीत मैं तेरी हो गई गाएकी थिइन् । अहिले उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।