देशभर ३ सय ६२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

धनगढी खबर    

देशभर ३ सय ६२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार ७२ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७८ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३१ जना आइसियु र ६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन। 



बुधबार १२, कार्तिक २०७७ ०४:५५ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस