पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोनामुक्त

धनगढी खबर    

पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप २ हजा ९८१  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएकोे जानकारी दिए। योसँगै नेपालमा  एक लाख २१ हजार ८ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७५ प्रतिशत रहेको छ। 

आज मन्त्रालयका अनुसार ८ हजार २ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै हालसम्म १४ लाख ९ हजार २ सय ९५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार २ हजार ८ सय ८९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३९ हजार ६ सय ४३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 



बुधबार १२, कार्तिक २०७७ ०५:२३ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस