जिल्लाको रामारोशन गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिकाकी उपाध्यक्षले तालाबन्दी गरेकी छिन। गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ती मार्फतजानकारी दिएकी हुन ।
गाउँपालिका निति बिधिमा नचलेको र आफना अधिकार समेत खोसिएको भन्दै तालाबन्दी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।पालिकाको नेतृत्वले स्थानिय सरकार सन्चालन ऐन बिपरित उपाध्यक्षका अधिकार समेत खोसेको उनको आरोप छ । उनले नगरपालिकामा नियुक्ति देखि अनुगमन सम्म आफ्नो अनुपस्थितिमा भएको बिग्यप्तीमा उल्लेख गरेकी छिन ।