ट्रकको ठक्करबाट धनगढीमा पैदल यात्रीको मृत्यु

धनगढी खबर    

ट्रकको ठक्करबाट धनगढीमा पैदल यात्रीको मृत्यु

 ट्रकको ठक्करबाट धनगढीमा पैदल यात्रीको मृत्यु  भएको छ । 

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना३ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । 

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । 



बुधबार १२, कार्तिक २०७७ ०५:५९ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस