कंचनपुरमा एक लाख पचास हजार मुल्य बराबरका पटाका बरामद

कंचनपुरमा एक लाख पचास हजार मुल्य बराबरका पटाका बरामद

कार्तिक १२, कंचनपुर। कंचनपुरमा चाडपर्वलाई लक्षित गरि भित्र्याइएका  एक लाख पचास हजार मुल्य बराबरका अवैध बिष्फोटक पदार्थ(पटाका)प्रहरीले  बरामद गरेको छ। जिल्लाको भिमदत्त नगरपालिका ४ बसपार्क स्थित महेन्द्रनगरबाट दार्चुला जाने सु.प.प्र.०२-००१ ख ९४३ नम्बरको बसबाट उक्त पटाका बरामद गरिएका हुन । जिल्ला प्रहरी कार्यालय कंचनपुर  कार्यालयको मातहतबाट खटिएको प्रहरी टोलिले साझँ ४:५० बजे चेकजाँचका क्रममा उक्त बसको छतबाट पटाका बरामद गरेको हो। महेन्द्रनगर गल्ली नम्वर ५ चौलानी पुस्तक पसल संचालक  दार्चुला शैल्यशिखर नगरपालिका १ बस्ने दिनेश खडायतले कामदार मार्फत लोड गराएको ४ कट्टा पटाका बरामद गरीएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर बहादुर चन्दले बताए । संकास्पदरुपमा  चौलानी पुस्तक पसलमा प्रहरी टोलीले चेकजाँच गर्दा थप २ कट्टा पटाका समेत गरी जम्मा ६ कट्टा पटाका बरामद गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
एक लाख पचास हजार बराबरको पटाका कानून बमोजिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पुस्तक पसलका संचालक दिनेश खडायत फरार रहेको र उनको खोजतलास भईरहेको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।