काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्ट को निर्देशन

काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्ट को निर्देशन

डोटी । काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न  सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले  निर्देशन दिनु भएको छ ।

मुख्य मन्त्री  भट्टले  निमार्ण सम्झौता भएको लामो समय भई काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न डोटीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन । जिल्लामा धेरै योजना निमार्ण कम्पनीको लापरबाहीका कारण ढिला भईरहेको गुनासो आएका कारण पनि त्यस्ता कम्पनीलाई आबश्यक निर्देशक तथा कारवाही गर्नु पर्ने बताएको मूख्यमन्त्री भट्टको सचिवालयले जानकारी दिएको छ ।

दिपायल पुल देखी एरर्पोटसम्म सडक पिच गर्नका लागी ठेक्का भएको लामो समय भएको भएपनी काम नगरेको प्रति चाँसो राख्दै मूख्यमन्त्रीले त्यस्ता सबै ठेकादारको सूची तयार गर्नु भनेका हुन ।

दशैँको अबसरमा आमाको हातबाट टिका थाप्नका लागी गृह जिल्ला आएको बेला सुरक्षा प्रमुखसंगको भेटमा मूख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन । दशैँ तथा तिहारको बिचमा हुने शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलाउन पनि मूख्यमन्त्री भट्टले निर्देशन दिएका छन ।