दशैं बिदापछिको पहिलो कारोबार उत्साहजनक

धनगढी खबर    

दशैं बिदापछिको पहिलो कारोबार उत्साहजनक

काठमाडौं। दशैं बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । फूलपातीअघि बजार बन्द हुँदा १६०० को बिन्दु माथि उक्लेको नेप्से परिसूचकले उकालो मार्गलाई निरन्तरता दिँदा विकास बैङ्क, जीवन बीमा, बैङ्किङ समूहको सेयर उल्लेख्य रूपमा किनबेच हुँदा कारोबार अङ्क पनि करिब पौने तीन अर्ब रुपियाँको भएको छ ।

दशैँपछि बजार खुलेको पहिलो दिन नै नेप्से परिसूचक ४१.२० अङ्कले बढेर १६४७.४५ को बिन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ९.२१ अङ्कले बढेर ३२७.७६ को बिन्दुमा पुगेको छ । समग्रमा २.५७ र सेन्सेटिभ इन्डेक्स २.८९ प्रतिशतले उकालो लागेको हो ।

सेयर बजारमा अनलाइन कारोबार गर्न सकिने भएपछि जहाँसुकै बसेर पनि सेयर कारोबार हुन सकेकाले नै विगतमा जस्तो लामो बिदाको अघिल्ला दिन वा पहिलो दिन भनिरहनु नपर्ने अवस्था सिर्जना भएको लगानीकर्ताको भनाइ छ । त्यस्तै अबका दिनमा बैङ्कहरूले लाभांश घोषणा गर्ने समय भएकाले पनि बैङ्क वित्तीय क्षेत्रको सेयर कारोबारमा उछाल आएको सेयर विश्लेषकले
बताएका छन् । -गोरखापत्र दैनिकबाट



बिहिबार १३, कार्तिक २०७७ ०९:५९ मा प्रकाशित

#दशैँ बिदा # सेयर बजार

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस