धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएमो छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । 
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्षिया महिलाको आज बिहान मृत्यु भएको हो । 
उनमा कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको  अस्पतालले जनाएको छ । उनलाई हिजो मात्र कोरोना पुष्टि भएको थियो ।