एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

जीवन र भाग्य रेखा जहाँ व्यक्तिको जीवन र उसको भाग्यका बारेमा जानकारी दिने गर्दछ । त्यहि विवाह रेखाले प्रेम प्रसंग र वैवाहिक जीवनका बारेमा थाहा पाउन सकिन्छ । विवाह रेखामा कैयौं कुराहरु उल्लेख हुने गर्दछ जस्तैः विवाह कहिले हुन्छ ? प्रेम विवाह हुन्छ कि मागी विवाह ? विवाहको योग कति छ आदी ।

कहाँ हुन्छ विवाह रेखा ?

हत्केलाको बुध पर्वत रहे नजिकै कान्छि औलाको मुनी पट्टि कोल्टे भागमा विवाह रेखा हुने गर्दछ । त्यहा भएका रेखाले विवाहका बारेमा जान्न सकिन्छ ।

यी हुन् विवाह रेखासंग जोडिएको विशेष कुरा :
१. विवाह रेखा लामो र सीधा र स्पष्ट भए वैवाहिक जीवन राम्रो मानिन्छ ।
२. विवाह रेखा हृदय रेखासंग बराबर चलेमा यसलाई महत्वपूर्ण मानीन्छ ।
३. एकभन्दा बढि विवाह रेखा बनेको भए धेरै प्रेम प्रसंग हुन सक्छ ।
४. विवाह रेखाबाट दुई शाखा निस्किएको भए यस प्रकारका व्यक्तिको विवाह टुट्न सक्छ ।
५. यदि विवाह रेखा नजिकै अन्य कुनै चिन्ह बनेको छ भने विवाहमा धोका हुनसक्छ ।
६. यदि विवाह रेखा झुकेको छ भने यो शुभ लक्षण मानिदैन ।
७. विवाह रेखा लामो र सूर्य पर्वतसम्म छ भने सम्पन्न र समृद्ध जीवन साथीको प्रतिक हो ।
८. विवाह रेखाबीचमा टूटेको छ भने विवाह टूट्ने संकेत मानिन्छ ।
९. विवाह रेखा माथी फर्किएको छ भने अविवाहित हुने वा विवाहमा समस्या आउन सक्छ ।
१०. विवाह रेखामा त्रिशूल चिन्ह छ भने पतिपत्नीबीच निकै प्रेम हुन्छ ।
११. विवाह रेखामा क्रस चिन्ह शुभ मानिदैन ।
१२. यदि विवाह रेखामा कोठी आएको छ भने समेत यसलाई शुभ संकेत मानिदैन ।