चाडपर्वले सामाजिक सदभाव र एकता कायम गरेको छ : संयोजक महर

चाडपर्वले सामाजिक सदभाव र एकता कायम गरेको छ  : संयोजक महर


अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले चाडपर्वले समुदायमा सामाजिक सदभाव र एकता कायम गरेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा बुगल नगरपालिका ५ नं वडा संगठन कमिटिले आयोजना गरेको विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन ।

बुगल नगरपालिकाको त्रिवेणी आर्दश बहुमुखि क्याम्पसको सभाहलमा भएको कार्यक्रममा संयोजक महरले नेपाल एक बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिको साझा चौतारी भएकाले विभिन्न चाडपर्वहरुले समुदायमा धार्मिक सह अस्थित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राखेकाले संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भुमिका खेल्नु पर्ने बताएका छन । पछिल्लो समयमा चाडपर्वको नाममा भडकिलो खर्च हुने गरेको भन्दै आफु संग जे छ त्यसैमा रमाउन सिक्नु पर्नेमा जोड दिनु भयो । 

फरक प्रसंगमा बोल्दै संयोजक महरले बुगल नगरपालिकाको स्थानिय सरकारले जनतालाई गुम्राहमा राखेको बताएका छन । नगरपालिका हुन लागी आवश्यक सामान्य मापदण्ड नभई घोषणा गरेको नगरपालिकामा स्थानिय सरकार निर्वाचित भएको तीन बर्ष पुग्न लाग्दा पनि नगरसरकार जनताका माग प्रति उत्तरदायी नभएको जिकिर गरेका छन ।

बुगलका जनतालाई काँग्रेसको सरकारले गुम्राहमा राखेर विकास गर्न नदिएको भन्दै महरले बझाङमा नेकपा र काँग्रेसका सरकार भएका स्थानिय तहको स्थानिय सरकारले गरेका कामका विच तुलना गर्न समेत  आग्रह गरेका छन । नगरपालिका भएर पनि अझै सम्म नगरपालिकाको केन्द्रमा विधुत र टेलिफोन सेवा प्रवाहकारी नहुनु पनि लाजमर्दो भएको भन्दै नैतिकताको आधारमा बुङगल नगर सरकारले जनता संग सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन ।