कैलालीकी कोरोना सङ्क्रमित महिलाको भक्तपुर अस्पतालमा मृत्यु

कैलालीकी कोरोना सङ्क्रमित महिलाको भक्तपुर अस्पतालमा मृत्यु

धनगढी। कैलालीकी कोरोना सङ्क्रमित महिलाको उपचारकै क्रममा काठमाडौँमा मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिइन ।

कात्तिक ३ गते मात्र उपचारका लागि भर्ना भएकी महिलाले  मृतक महिलाले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी थिइन् ।