सन्दीपको सानदार प्रदर्शन जारी, लिए तीन विकेट

सन्दीपको सानदार प्रदर्शन जारी, लिए तीन विकेट

अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। उनले आज तीन विकेट लिइसकेका छन्।

पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्। मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछानेले विकेट लिन सफल भएका हुन्। सन्दिपले सातौ ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन्।

यस्तो आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए।यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका लामिछानेले १४औं ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए।

५३ रन बनाएर खेलिरहेका म्याथुलाई क्याच आउट गराए। उनले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए।

लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो।