कंचनपुरमा दुईजना फरार प्रतिबादी पक्राउ

कंचनपुरमा दुईजना फरार प्रतिबादी पक्राउ

कार्तिक १४,कंचनपुर ।
कंचनपुरमा दुईजना फरार प्रतिबादी पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालयको  मातहतबाट खटिएको प्रहरी टोलीले बिना ईजाजत वन पैदावार हानी नोक्सानी सम्बन्धी मुद्धाका दुई जनालाई पक्राउ गरेको हो । कञ्चनपुर जिल्ला अदालतले मिति २०७६।०२।१९ गते फैसला गरि २/२ महीना कैद र रू.१०३३५  सजाय तोकेको थियो। पक्राउ पर्नेहरुमा कञ्चनपुर बेदकोट नगरपालिका ४ बिजयनगर बगुन बस्ने ३४ वर्षीय करन गाहा मगर र  ३६ वर्षीय गणेश थापा मगर रहेका छ्न । दुवैजना बेदकोट नगरपालिका ४ दैजीबाट भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन ।दुवैजना मिति २०७५।०७।१८ गते देखी फरार रहेका थिए। प्रहरीले दुवैलाई  पक्राउ गरि  आवश्यक कार्वाहीको लागी कंचनपुर जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।