बिहेको भोज खादा एकै गाउँका ३४ जना बिरामी,मेयर चन्दको नेतृत्वमा अस्पताल पुर्याइयो

बिहेको भोज खादा एकै गाउँका ३४ जना बिरामी,मेयर चन्दको नेतृत्वमा अस्पताल पुर्याइयो

कार्तिक १५,कंचनपुर 
कंचनपुर जिल्लाको बेदकोट नगरपालिका २ बसन्थलामा बिहेको भोज खाएपछि एकै गाउँका ३४ जना बिरामी भएका छ्न। बिहिवार सोही ठाउँका रमेश थापाको बिहेमा भोज खाएपछि बिरामी परेका हुन । बेदकोट नगरपालिका का मेयर अशोक कुमार चन्दको नेतृत्वमा  बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्याइएको हो । नगर प्रमुख चन्दले भने‘‘बिहेमा भोज खाएकाहरु हिजो ४-५ बजेदेखि एकाएक बिरामी पर्न थाले । हामिले यो खबर सुन्नासाथ राती नै २९ जनालाई अस्पताल पु-याएका छौँ ।शुक्रवार राती बिहेको भोज खाएर बिरामी २९ जनालाई अस्पताल पुर्याएका हौ  र शनिवार बिहान थप ५ जनालाई अस्पताल पुर्याइएको हो।"

नगर प्रमुख चन्दका अनुसार बिहे भोज खाएका सबै बिरामी परेका हुन। ३४ जना अस्पतालमा रहेको र अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधी लिएको बताए ।’ नगर प्रमुख चन्दले भने  "उनीहरुमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि ३४ जना सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।" अहिले अवस्था सामान्य रहेको बुझिएको छ ।’ नगर प्रमुख चन्दले भने, ‘उहाँले भोजको अचार खानु भएको थियो ।’

अचारका कारण उनीहरुलाई फूड प्वोइजन भएको जनाउँदै चिकित्सकले अवस्था खतरा मुक्त रहेकोे बताएपछि अहिले सबैको अवस्था सामान्य रहेको नगर प्रमुख चन्दले बताए ।