कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला

कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला

धनगढीः कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको पुनवार्स नगरपालिका वडा नम्बर १० बिकास बस्तीमा ६० वर्षीया बृद्धा कुल्सन राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

राना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।