रहेनन् रेडियो नेपालका पूर्वउपनिर्देशक थापा

रहेनन् रेडियो नेपालका पूर्वउपनिर्देशक थापा

काठमाडौं । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

थापाको ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार निधन भएको हो ।

उनले ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थिए । २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक ९प्राविधिकतर्फ० पदबाट अनिवार्य अवकाश पाएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।