आजको दिन यस्तो गरेमा हुनेछ तपाईले सोचेको जस्तो ?

आजको दिन यस्तो गरेमा हुनेछ तपाईले सोचेको जस्तो ?

आजको पञ्चांग 
आज मिति २०७७ कात्तिक १६ गते आइतबार, इस्वीसंवत नभेम्वर १ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ । 
सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको प्रतिपदा तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा व्यघात, करणमा बालब, आनन्दादि योगमा काल रहनेछ । 
सूर्य तुला राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २७ घटि ३६ पला अर्थात ११ घण्टा ५ मिनेटको रहननेछ  ।  
आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १५ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १८ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः  आजको दिन पुण्यार्जन गर्ने रहेको छ । धार्मिक कृत्य सम्पन्न हुनेछ । अध्यात्मिक एवम् आस्तिक भावना बृद्धि हुने र मानसिक शान्ति मिल्नेछ । पेशा तथा व्यवसायिक उन्नति पनि हुने देखिन्छ । पौरख गर्न पनि सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको छ । आज यहाँलाई ९ अङ्क र पहेलो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति तथा दर्शन गर्नु हितप्रद हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः आजको दिन संघर्ष पर्ने खालको देखिएको छ । सोँचेजस्तो सजिलोसँग कामकार्य सम्पादन गर्न गार्हो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना बढी रहेकोले आहारविहारमा ख्याल पुर्याउनु जरुरी हुनेछ । ग्रहको प्रतिकूल प्रभावलाई निवारणका लागि आज तपाईँले माँ इन्द्रायणीको श्रद्धाभक्तिको उपाय अवलम्बन गर्नु सुखप्रद हुनेछ भने ८ अङ्क, रातो एवं पहेंलो रङ्गको प्रयोग शुभकर हुनेछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः आजको दिन केही बाधाअबरोधको बाबजुत पनि आमोद–प्रमोदका क्रियाकलाप बृद्धि हुने तथा विपरित लिङ्गी तर्फको आकर्षण बढ्ने छ । केहीहदसम्म व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । आज तपाईले भगवान श्रीहरिको साथमा र भैरवदेवको सेवा आराधना गर्नुले ग्रहको बाधाअबरोध कम गर्न मद्दत हुनेछ ।  

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः आजको दिन व्यवसायिक प्रगति हुनगइ राम्रो मात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ । 

  आजको दिन स्थिति ठिकै रहेपनि घमण्डले मानसिक पछुतो पर्नसक्ने छ । आत्मप्रशंसाको आसक्तिको मनोविज्ञानले व्यक्तित्वमा ह्रास आउने छ भने अनावश्यक फुर्तिफार्ति हुनसक्ने सम्भावना देखिएको छ । व्यवहारमा गम्भीर भएर अघि बढ्मा मात्रै केही उपलब्धि हातपार्न सकिएला अन्यथा मानसिक पश्चातापमा पर्न सक्ने ग्रहगोचर परेको छ । सात्त्विक मानसिक दृढता बढाउनु उपयुक्त हुनेछ । आज तपाईँले भगवान विष्णुको सेवा आराधना गर्नु उपयुक्त हुनेछ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः आजको दिन काममा अवरोध आउन सक्ने वा आरोप खेप्नुपर्ने हुन सक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हुँदैमा हिम्मत नहारेर बुद्धिले काम लिनु आज यहाँका लागि बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने गोचरीय भय देखिएको हुनाले केही सावधानी एवं संयम गर्नु मनासिव हुनेछ । पेशागत क्षेत्रबाट लाभ हातपार्न सकिने छ । आज तपाइँले आमाको सेवा सत्कार गरी आशिर्वाद लिनु शुभकर हुनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुलाः आजको दिन पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने दिन रहेको छ । प्रतिष्पर्धाजन्य कार्यमा सफलता मिल्ने छ । दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजना अगाडि बढाउनसकिने छ । मुख्य एवम् महत्वपूर्ण काममा साथ सहयोग पनि प्राप्त गर्नसकिने छ । आज तपाईले ३ अंक, हरियो रङ्गको प्रयोगको साथमा इष्टदेवको सेवा आराधना बढाउनु शुभदायक हुनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिकः आजको दिन सकारात्मक देखिएको छ । पेशा तथा कार्यक्षेत्रमा व्यस्तता बढ्ने र धन–सम्पत्तिको सञ्चय हुनजाने छ । केही मनोकामना पूरा हुनेछन् । घर परिवार वा कूलभित्र कुनै माङ्गलिक कार्य सम्पादन हुन सक्ने सम्भावना देखिएको छ । आज यहाँको वाणीमा माधुर्यताको प्रभाव बढ्ने योग परेकोले गायक, प्रवचक आदि वाकवृति हुनेहरुका लागि दिन विशेष अनुकूलप्रद रहन सक्ने छ । अन्यक्षेत्रका व्यक्तित्वहरुका लागि पनि लाभ एवं सफलता नै मिल्ने छ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

धनुः आजको दिन गोचर ग्रह अनुकूल छ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवं खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना पनि रहेको छ । आज यहाँलाई १ अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीहरिको सेवाश्रद्धा तथा दर्शन भक्तिले अरु थप हित गर्नेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

मकरः आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यन जस्ता प्रतिकूलता पर्नसक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा प्रयास गर्नाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ । 

कुम्भः आजको दिन आय आम्दानी बढ्ने तथा ढुकुटीमा धनधातु जम्मा हुने ग्रहगोचर छ । मुख्य मानिएको तथा अपेक्षा गरिएको र आश्वासन मिलेको केही कामकार्यमा सफलता मिल्नेछ । पेशाको क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । आफन्तको साथ सहयोग मिल्ने तथा समर्थक बढ्ने छन् । आज यहाँका लागि २ अङ्क, सेतो रङ्गको प्रयोग र भगवान श्रीकृष्णको श्रद्धाभक्ति गर्नु फापसिद्ध हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीनः आजको दिन उच्च वर्ग तथा पदस्थ व्यक्तित्वसँग सम्पर्क विस्तार हुने र सौहार्द वातावरणका निर्माण हुने गोचर परेको छ । पेशा एवं व्यवसायबाट आशातित लाभ गर्न सकिने हुनाले भावीकार्यमा आत्मबल बढ्ने र सन्तुष्टि मिल्ने देखिन्छ । राम्रो तवरबाट लौकिक प्रख्याति बढ्न जाने छ । उत्तम समय रहेकोले अवसरको सदुपयोग गर्न जानेमा दीर्घकार्यको शुरुवात हुनसक्नेछ । राज्यबाट लाभ उठाउनसकिने छ भने उद्यमको विकास पनि हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ । 

साइतः चन्द्रमा मेष राशिमा छन् त्यसैले पूर्व उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।